वाग्मती सफाइ महाअभियानको ६८८ औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महा-अभियान
वाग्मती सफाइ महाअभियानको ६८८ औं सप्ताहअन्तर्गत मिति २०८३/०४/०२ गते शनिबार बिहान २ घण्टा सिनामंगल, भत्केको पुल आसपास क्षेत्रको नदी र नदी किनारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सरसफाइ कार्यक्रमबाट करिब २ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १३ जना, समितिका कर्मचारीहरु ८ जना र सरसफाइकर्मी १६ जना सहित जम्मा ३७ जनाको सहभागिता रहेको थियो ।


