वाग्मती सफाइ महाअभियानको ६८६ औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महा-अभियान
वाग्मती सफाइ महाअभियानको ६८६ औं सप्ताहअन्तर्गत मिति २०८३/०३/२० गते शनिबार बिहान २ घण्टा तिनकुने प्रहरी विट आसपास क्षेत्रको नदी र नदी किनारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सरसफाइ कार्यक्रमबाट करिब ०.५ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २३ जना, समितिका कर्मचारीहरु १४ जना र सरसफाइकर्मी १६ जना सहित जम्मा ५३ जनाको सहभागिता रहेको थियो ।
_eoQOETNXPq_oe3naxw.jpg)

