खरिपाटी, भक्तपुर होल्डिङ्ग सेन्टरमा अनुगमन, निरीक्षण तथा छलफल कार्यक्रम
नेपाल सरकारद्वारा प्रति परिवार राहत तथा पुनःव्यवस्थापन खर्च उपलब्ध गराई होल्डिङ सेन्टर छाड्ने व्यवस्था गरिएअनुसार यस समितिबाट सम्बन्धित सूचना जारी गरिएको थियो। उक्त सूचनापश्चात् यस समितिका आयोजना प्रमुख श्री मचाकाजी महर्जनज्यूको नेतृत्वमा होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरूको धारणा, भावना, जनचाहना तथा सरोकारका विषयमा स्थलगत जानकारी लिन, उनीहरूका गुनासा, सुझाव र अपेक्षाहरू संकलन गर्न तथा नेपाल सरकारको निर्णय कार्यान्वयनको अवस्थाबारे वस्तुगत रूपमा बुझ्ने उद्देश्यले खरिपाटी, भक्तपुर होल्डिङ्ग सेन्टरमा अनुगमन, निरीक्षण तथा छलफल कार्यक्रम सञ्चालन गरिएको छ।
