अव्यवस्थित बस्ती हटाइएपश्चात वंशीघाटस्थित वागमती नदी किनारमा वृक्षारोपण कार्यक्रम

None

अव्यवस्थित बस्ती हटाइएपश्चात उक्त क्षेत्रलाई स्वच्छ, हरियाली तथा वातावरणमैत्री बनाउने उद्देश्यले यस समितिको कार्यक्षेत्र अन्तर्गत वंशीघाटस्थित वागमती नदी किनारमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, आयोजना प्रमुखज्यू, सि.डि.इ.ज्यू तथा समितिका कर्मचारीहरूको सक्रिय सहभागिता र सहयोग रहेको थियो। यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, वागमती नदी किनाराको सौन्दर्य अभिवृद्धि तथा दिगो हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।