वाग्मती सफाइ महाअभियानको ६८० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

None

वाग्मती सफाइ महाअभियानको ६८० औं सप्ताहअन्तर्गत मिति २०८३/०२/०९ गते शनिबार बिहान २ घण्टा बानेश्वर बहुमुखी क्याम्पस आसपास क्षेत्रको नदी र नदी किनारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब २ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १४ जना, समितिका कर्मचारीहरु १२ जना र सरसफाइकर्मी १६ जना सहित जम्मा ४२ जनाको सहभागिता रहेको थियो ।