होल्डिङ सेन्टरहरूको निरीक्षण तथा अवलोकन

अन्य गतिविधि

None

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भाटज्यूले कृषि विकास बैंकको तालिम केन्द्र तथा विद्युत तालिम केन्द्र, खरिपाटीमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूको निरीक्षण तथा अवलोकन गर्नुभएको छ।

उहाँले त्यहाँ आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको बसोबास, दैनिक जीवनयापन, आवश्यक सेवा–सुविधा तथा समग्र अवस्थाबारे जानकारी लिनुका साथै सुकुम्बासीहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूका गुनासा, सुझाव तथा समस्याहरू समेत बुझ्नुभएको थियो।