वाग्मती सफाइ महाअभियानको ६७९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

None

वाग्मती सफाइ महाअभियानको ६७९ औं सप्ताहअन्तर्गत मिति २०८३/०२/०२ गते शनिबार बिहान २ घण्टा तीनकुने पुल प्रहरी चौकी आसपास क्षेत्रको नदी र नदी किनारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब २ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा कार्यकारी समिति अध्यक्ष डा.आनन्द सिंह भाटज्यूको नेतृत्वमा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १७ जना, समितिका कर्मचारीहरु २१ जना र सरसफाइकर्मी १६ जना गरी जम्मा ५४ जनाको सहभागिता रहेको थियो ।