वाग्मती सफाइ महाअभियानको ६७६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

None

वाग्मती सफाइ महाअभियानको ६७६ औं सप्ताहअन्तर्गत मिति २०८३/०१/१२ गते शनिबार बिहान २ घण्टा कार्यालय परिसर तथा गुह्येश्वरी मन्दिर पुल आसपास क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब २.५ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिका  तथा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु ५ जना, समितिका कर्मचारीहरु १० जना र सरसफाइकर्मी १६ जना गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।