वाग्मती सफाइ महाअभियानको ६७५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६७५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६७५ औं सप्ताहअन्तर्गत मिति २०८३/०१/०५ गते शनिबार बिहान २ घण्टा मनोहरा दोभान पुल आसपासको नदी तथा नदी किनार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब ५ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिका  तथा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १४ जना, स्थानीय १ जना,  समितिका कर्मचारीहरु १४ जना र सरसफाइकर्मी १६ जना गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो ।