वि.सं:
नेपाल संवत: ११४५ ञलागा नवमी - २४
वाग्मती सफाइ महाअभियानको ६४४ औं सप्ताहको कार्यक्रम मिति २०८२/०५/२८ गते शनिबारका दिन बिहान २ घण्टा शहरी विकास तथा भवन निर्माण विभागको परिसर भित्र सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यू, शहरी विकास तथा भवन विभागका महानिर्देश श्री मचाकाजी महर्जनज्यू, यस आयोजनाका निवर्तमान आयोजना प्रमुख श्री रविन्द्र बोहराज्यू तथा अन्य पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २५ जना, समितिका कर्मचारीहरु २७ जना, सरसफाईकर्मी १७ जना, सहित जम्मा ६९ जनाको सहभागीता रहेको थियो।