वि.सं:
नेपाल संवत: ११४५ ञलागा अष्टमी - २३
वाग्मती सफाइ महाअभियानको ६४२ औं सप्ताहको कार्यक्रम मिति २०८२/०५/१४ गते शनिबारका दिन बिहान २ घण्टा बंगलामुखी जाने सानो पुल, आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू, समितिका पदाधिकारीज्यू हरु, वागमती अभियन्ताज्यू हरु १४ जना, समितिका कर्मचारी ३२ जना र सरसफाईकर्मी १७, जना सहित जम्मा ६३ जनाको सहभागीता रहेको थियो।