वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २
वाग्मती सफाइ महाअभियान ६४१ औं सप्ताहको कार्यक्रम मिति २०८२/०५/०७ गते शनिबारका दिन बिहान २ घण्टा कुपण्डोल, ललितपुर थापाथली पुल, आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ०.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यू, सि.डि.ई.ज्यू, पदाधिकारी ज्यूहरु, वाग्मती सफाइ महाअभियानका अभियन्ता/Miss Nepal Contestant /वाग्मती महा जल यात्रा का सहभागी सहित ५२ जना, समितिका कर्मचारीहरु ३० जना, सरसफाईकर्मी १७ जना, सहित जम्मा ९९ जनाको सहभागीता रहेको थियो .
सरसफाई पश्चात वाग्मती महा जल यात्रा सप्ताह कार्यक्रम अन्तर्गत वाग्मती प्रदेशका मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यमा थापाथलीदेखि सुन्दरीघाट सम्म वाग्मती महा जलयात्रा (Rafting) कार्यक्रम गरिएको । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, पत्रकार महानुभाव तथा दर्शक लगायत उपस्थिति रहेको थियो ।