वि.सं:
नेपाल संवत: ११४५ गुलागा दशमी - २५
वाग्मती सफाइ महाअभियानको ६४० औं सप्ताहको कार्यक्रम मिति २०८२/०४/३१ गते शनिबारका दिन बिहान २ घण्टा शंखमुल मंगलबजार जाने पुल, आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ५/१० डोको फोहोर कार्यालयद्वारा काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू, सरहरु, वागमती अभियन्ताहरु २५ जना, समितिका कर्मचारीहरु ३८ जना, सरसफाईकर्मी १७ जना, वाग्मती जल यात्रा टिम १२ जना, Nightingale school ४० जना सहित जम्मा १३२ जनाको सहभागीता रहेको थियो ।
सरसफाई पश्चात वाग्मती महा जल यात्रा सप्ताह कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु लगायत विभिन्न ख्याति प्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो ।