वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व सप्तमी - ७
वाग्मती सफाइ महाअभियानको ६२८ औं सप्ताहको कार्यक्रम मिति २०८२/०२/१० गते शनिबारका दिन बिहान २ घण्टा बुद्धनगर पुल नजिक वागमती किनार आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा कर्मचारीहरु ३८, सरसफाईकर्मी १७ जना, अभियन्ता १ जना सहित जम्मा ५६ जनाको सहभागीता रहेको थियो ।