NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३

वाग्मती सफाइ महाअभियानको ६०९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६०९ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६०९ औं सप्ताहको कार्यक्रम मिति २०८१/०९/२७ गते शनिबारका दिन बिहान २ घण्टा दिव्यापार्टी प्यालेसको पुल देखि यस समितिको कार्यालय आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ७ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्षज्यू, वडा नं. ११ का वडाअध्यक्षज्यू लगायत अन्य स्थानिय जनप्रतिनिधिहरु, वागमती सफाई-अभियन्ता लिलामणि पौडेलज्यू, डा. माला खरेलज्यू, समितिका आयोजना प्रमुख नारायण प्रसाद भण्डारीज्यू, लगायत समितिका कर्मचारीहरु ३९ जना, सरसफाईकर्मी १७ जना,  अभियन्ता ६५ जना सहित जम्मा १२१ जनाको सहभागीता रहेको थियो ।