वि.सं:
नेपाल संवत: ११४५ थिंलाथ्व द्वितीया - २
बागमती सफाइ महाअभियानको ६०० औं सप्ताहको कार्यक्रम मिति २०८१/०७/२४ गते शनिबारका दिन बिहान २ घण्टा आलोकनगर फलामे पुल(स्रिमिक एयर भेटभघाट चोक पारी) नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सफाइ कार्यक्रममा संकलित करिब ५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री नारायण प्रसाद भण्डारीज्यूको नेतृत्वमा समितिका सि.डि.ई. श्री उद्धव नेपालज्यू, अभियान्ता तथा पूर्व मुख्य सचिव लिलामणि पौडेल लगायत अन्य अभियन्ताहरु, कर्मचारीहरु ३० जना सफाईकर्मी १७ जना अभियन्ता २१ जना, का.म.न.पा. बाट १६ जना सहित जम्मा ८४ जनाको सहभागीता रहेको थियो