NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

२० वर्षे वाग्मती कार्य योजनाको मस्यौदामा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० वर्षे वाग्मती कार्य योजनाको मस्यौदामा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० माघ १५ गते २० वर्षे वाग्मती कार्य योजना (वि.सं. २०८०-२१००) को मस्यौदामा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका शहरी विकास मन्त्री माननीय सीता गुरुङज्यूको अध्यक्षतामा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको २० वर्षे वाग्मती कार्य योजनाको मस्यौदामा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति माननीय दिपक बहादुर सिंहज्यू, राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश चन्द्र पौडेल, ललितपुर महानगरपालिका नगरप्रमुख श्री चिरीबाबु महर्जनज्यू, माननीय संघीय सांसदज्यूहरू, नेपाल सरकारका सचिवज्यूहरू, नगर प्रमुखज्यूहरू, प्राध्यापकज्यूहरू, सहसचिवज्यूहरू, नेपाल सरकारका पूर्व सचिवज्यूहरू, समिति तथा कार्यकारी समितिका सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यूहरू/आयोजना प्रमुखज्यूहरु, अभियन्ताज्यूहरू, यस समितिका आयोजना प्रमुखज्यू, सि.डि.ई.ज्यूहरु, पत्रकार महानुभावहरु तथा समितिका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

1707719340_12.pdf.pdf