NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

वाग्मती सफाइ महाअभियानको ५५९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५५९ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५५९ औं सप्ताहको कार्यक्रम मिति २०८०/१०/१३ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै सत्य साई केन्द्र शंखमुल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाईमा यस समितिका आयोजना प्रमुखज्यू, निवर्तमान अध्यक्ष, वागमती सफाई अभियन्ता, समितिका कर्मचारीहरु, लगायत १ वटा संघ संस्थाबाट गरी करिव ५० जनाको सहभागीता रहेको थियो।