NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

वाग्मती सफाइ महाअभियानको ५५२ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५५२ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५५२ औं सप्ताहको कार्यक्रम मिति २०८०/०८/२३ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै राम मन्दिर पशुपति आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाईमा यस समितिका निवर्तमान अध्यक्षज्यू, मुख्य अभियन्ताज्यू, वागमती सफाई अभियन्ता, कर्मचारीहरु, लगायत २ वटा संघ संस्थाबाट गरी करिव ८० जनाको सहभागीता रहेको थियो।