NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

वाग्मती सफाइ महाअभियानको ५५० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५५० औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५५० औं सप्ताहको कार्यक्रम मिति २०८०/०८/०९ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै गुह्येश्वरी मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव १.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाईको ५५० औं हप्ता पुगेको अवसरमा मा. पर्यटन मन्त्रीज्यूको प्रमुख आतिथ्यमा स्थानीय जनप्रतिनिधिज्यूहरु यस समितिका निवर्तमान अध्यक्षज्यू, मुख्य अभियन्ताज्यू, पशुपति विकास कोषका सदस्य सचिवज्यू, यस समितिका आयोजना प्रमुखज्यू, वागमती सफाई अभियन्ता, पत्रकार महानुभावहरु कर्मचारीहरु, लगायत १२ वटा संघ संस्थाबाट गरी करिव २३० जनाको सहभागीता रहेको थियो।