वि.सं:
नेपाल संवत: ११४५ कछलागा अष्टमी - २३
वागमती सफाइ महाअभियानको ५४५ औं सप्ताहको कार्यक्रम मिति २०८०/०७/४ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै गुह्येश्वरी मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सरसफाईमा समितिका कार्यकारी समिति अध्यक्षज्यू , कर्मचारीहरु, अभियन्ताहरू, लगायत ३ वटा संघ संस्थाबाट गरी करिव ५० जनाको सहभागीता रहेको थियो।