NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वागमती सफाइ महाअभियानको ५३७ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५३७ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५३७ औं सप्ताहको कार्यक्रम मिति २०८०/०५/०९ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै थापाथली पुल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव १५ डोको फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

सोही दिन Bagmati River Festival -2023, थापाथली कुपोण्डोल पुलस्थित बागमती नदीमा नेपालको मादी, मेची, त्रिशुली, तमोर, भोटेकोशी, तामाकोशी लगायतका २४ वटा नदी र ३ वटा विदेशी नदीका जलहरुलाई प्रमुख अतिथि चिरीबाबु महर्जनज्यू, सांसद तथा जनप्रतिनिधी, लगायतले बागमती नदीमा जल अर्पण गर्नुका साथै विभिन्न धर्म सम्प्रदायका धर्म गुरु लगायतको उपस्थितिमा १०८ बत्ती टपरीमा राखी वागमती नदीमा बगाइ थापाथली पुल देखि सुन्दरीघाट सम्म जलयात्रा गरी सफाई कार्यक्रम सम्पन्न भयो । सरसफाईमा समितिका कार्यकारी समिति अध्यक्षज्यू , कर्मचारीहरु, अभियन्ताहरू, लगायत ८ वटा संघ संस्थाबाट गरी करिव ३५० जनाको सहभागीता रहेको थियो ।