NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

वागमती सफाइ महाअभियानको ५३३ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५३३ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५३३ औं सप्ताहको कार्यक्रम मिति २०८०/०४/१३ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै कोटेश्आवर महादेवस्सथान जाने पहेलो पुल पासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव ०.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सरसफाईमा बागमती प्रदेश सभासद कुमारी तामाङज्यू, समितिका कार्यकारी समिति अध्यक्षज्यू , कर्मचारीहरु, अभियन्ताहरू, लगायत ४ वटा संघ संस्थाबाट गरी करिव ९० जनाको सहभागीता रहेको थियो ।