NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वागमती सफाइ महाअभियानको ५३४ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको  ५३४  औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५३४ औं सप्ताहको कार्यक्रम मिति २०८०/०४/२० गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै कोटेश्वर महादेवस्सथान जाने पहेलो पुल पासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव १.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सरसफाईमा समितिका कार्यकारी समिति अध्यक्षज्यू , कर्मचारीहरु, अभियन्ताहरू, लगायत ४ वटा संघ संस्थाबाट गरी करिव ८० जनाको सहभागीता रहेको थियो ।