NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पारु - १

वाग्मती सफाइ महाअभियानको ६६२ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६६२ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६६२ औं सप्ताहको कार्यक्रम मिति २०८२/१०/०३ गते शनिबारका दिन बिहान २ घण्टा तिनकुने पुल, प्रहरी विट अगाडी आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २० जना, समितिका कर्मचारीहरु १७ जना, सरसफाईकर्मी १६ जना, सहित जम्मा ५३ जनाको सहभागीता रहेको थियो ।