NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व पारु - १

वाग्मती सफाइ महाअभियानको ६५८ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६५८ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६५८ औं सप्ताहको कार्यक्रम मिति २०८२/०९/०५ गते शनिबारका दिन बिहान २ घण्टा दिब्य पार्टी प्यालेस अगाडी बन्दै गरेको नया पुल नजिक आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वागमती अभियन्ताहरु २१ जना, एलिक्सर एकेडेमीबाट ७६ जना, समितिका कर्मचारीहरु २६ जना, सरसफाईकर्मी १६ जना, सहित जम्मा १३९ जनाको सहभागीता रहेको थियो ।