प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पुन्हि - १५

वाग्मती सफाइ महाअभियानको ६५४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६५४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६५४ औं सप्ताहको कार्यक्रम मिति २०८२/०८/०६ गते शनिबारका दिन बिहान २ घण्टा जम्बुडाँडा, प्रहरी विट अगाडी, गोठाटार आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर गोकर्णेश्वर नगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा माननीय मन्त्री कुलमान घिसिङज्यू, सडक विभागका महानिर्देशकज्यु, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका सि.डि.ई.ज्यूहरु, पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २६ जना, समितिका कर्मचारीहरु ३८ जना, सरसफाईकर्मी १० जना, अन्य निकायबाट १६ जना तथा स्थानीय ९ जना सहित जम्मा ९९ जनाको सहभागीता रहेको थियो ।