वाग्मती सफाइ महाअभियानको ६५२ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६५२ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६५२ औं सप्ताहको कार्यक्रम मिति २०८२/०७/२२ गते शनिबारका दिन बिहान २ घण्टा गोठाटार जाने पहेलो पुल, नयाँबस्ती आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ  गरी कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४.५ मेट्रिक टन फोहोर गोकर्णेश्वर नगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका आयोजना प्रमुखज्यू, समितिका पदाधिकारीज्यूहरु, वागमती अभियन्ताहरु १९ जना, समितिका कर्मचारीहरु ३० जना, सरसफाईकर्मी १७, जना सहित जम्मा ६६ जनाको सहभागीता रहेको थियो ।