वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व एकादशी - ११
वाग्मती सफाइ महाअभियानको ६५१ औं सप्ताहको कार्यक्रम मिति २०८२/०७/१५ गते शनिबारका दिन बिहान २ घण्टा गुहेश्वरी मन्दिरको अगाडी र आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
साङ्केतिक रुपमा भएको वाग्मती सफाई कार्यक्रम पश्चात वाग्मती सफाइ महाअभियानको ६५० हप्ता सम्पन्न भएको अवसरमा प्रतिवद्धता कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उर्जा तथा शहरी विकास एंव भौतिक मन्त्रलायका मा. मन्त्री कुलमान घिसिङज्यू,विशिष्ट अतिथि शहरी विकास मन्त्रालयका श्रीमान सचिवज्यू, स्थानीय तहका मेयरज्यूहरु तथा जनप्रतिनिधिज्यूहरु, अभियन्ताज्यूहरु, समितिका आयोजना प्रमुखज्यू, निर्वतमान अध्यक्षज्यू, समितिका पदाधिकारीज्यूहरु लगायत पत्राकार महानुभावहरुको वाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वागमती अभियन्ता ७५ जना, समितिका कर्मचारी ४५ जना सहित जम्मा १२० जनाको सहभागीता रहेको थियो ।




