वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व सप्तमी - ७
वाग्मती सफाइ महाअभियानको ६३७ औं सप्ताहको कार्यक्रम मिति २०८२/०४/१० गते शनिबारका दिन बिहान २ घण्टा कार्यालय पछाडीको फलामे पुल, आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ०.५ मेट्रिक टन फोहोर कार्यालयद्वारा काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यू, लेखा अधिकृत श्री रविराज पौडेलज्यू, वागमती अभियन्ताहरु १७ जना, रोटरी क्लबबाट ३५ जना एवं समितिका कर्मचारीहरु ३९, जना सहित जम्मा ९१ जनाको सहभागीता रहेको थियो ।
वाग्मती सरसफाईमा नदि किनारा मा १०० वटा जति विभिन्न प्रजातिको वोट विरुवा वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो ।