NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व सप्तमी - ७

वाग्मती सफाइ महाअभियानको ६३६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६३६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६३६ औं सप्ताहको कार्यक्रम मिति २०८२/०४/०३ गते शनिबारका दिन बिहान २ घण्टा कार्यालय पछाडीको फलामे पुल, आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर कार्यालयद्वारा काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यू, वागमती अभियन्ताहरु ४५ जना, लायन्स क्लब बाट १५ जना, रोटरी क्लब बाट ३० जना एवं समितिका कर्मचारीहरु ४६ जना सहित जम्मा १३६ जनाको सहभागीता रहेको थियो ।

सो अवसारमा वाग्मती किनारामा भएको वृक्षारोपण कार्यक्रममा  १०० थान विभिन्न जातका रुख विरुवा रोपिएको थियो ।