वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व पञ्चमी - ५
वाग्मती सफाइ महा-अभियानको ६३३ औं सप्ताहको कार्यक्रम मिति २०८२/०३/१४ गते शनिबारका दिन बिहान २ घण्टा एयरपोर्ट पछाडिको चौर, सर्वेश्वर गेट पारी वागमती नदी र नदी किनार क्षेत्रमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४.५ मेट्रिक टन फोहोर कार्यालयद्वारा काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यूको नेतृत्वमा समितिका कर्मचारीहरु ४१ जना, सरसफाईकर्मी १७ जना र अभियन्ता १ जना सहित जम्मा ५९ जनाको सहभागीता रहेको थियो ।