वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
बागमती सफाइ महाअभियानको ६२९ औं सप्ताहको कार्यक्रम मिति २०८२/०२/१७ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर क्षेत्रको वागमती किनार आसपास नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा कर्मचारीहरु ४० जना, सरसफाईकर्मी १७ जना, अभियन्ता १ जना सहित जम्मा ५८ जनाको सहभागीता रहेको थियो ।