वि.सं:
नेपाल संवत: ११४५ वछलागा षष्ठी - २१
बाग्मती सफाइ महाअभियानको ६२७ औं सप्ताहको कार्यक्रम मिति २०८२/०२/०३ गते शनिबारका दिन बिहान २ घण्टा बंगलामुखी जाने सानो पुल नजिक वाग्मती किनार आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा कर्मचारीहरु ३५ जना, सरसफाईकर्मी १७ जना, र अभियन्ता १ जना सहित जम्मा ५३ जनाको सहभागीता रहेको थियो ।