NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लाथ्व अष्टमी - ८

वाग्मती सफाइ महाअभियानको ६१२औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियान

वाग्मती सफाइ महाअभियानको ६१२औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६१२ औं सप्ताहको कार्यक्रम मिति २०८१/१०/१९ गते शनिबारका दिन बिहान २ घण्टा गौरीघाट प्रहरी विट आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३३ जना, सरसफाईकर्मी १७जना र अभियन्ता १ जना सहित जम्मा ५१ जनाको सहभागीता रहेको थियो ।