वि.सं:
नेपाल संवत: ११४५ थिंलागा सप्तमी - २२
बागमती सफाइ महाअभियानको ६०५ औं सप्ताहको कार्यक्रम मिति २०८१/०८/२९ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ गरी सफाई कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाण्डौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३२, सफाईकर्मी १७, र अभियन्ता १ जना गरी जम्मा ५० जनाको सहभागीता रहेको थियो ।