वाग्मती सफाइ महाअभियानको ५७९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५७९ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५७९ औं सप्ताहको कार्यक्रम मिति २०८१/०३/०१  गते शनिबारका दिन बिहान २ घण्टा  सर्वेश्वर मन्दिर जाने गेट  अगाडी (नयाबस्ती) नदी आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । 
सफाइ कार्यक्रममा संकलित  करिब १ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका  कर्मचारीहरु ३२ जना  तथा २ वटा संघ-संस्थासहित अभियनता १५ गरी करिव ४७ जनाको सहभागीता रहेको थियो ।