वाग्मती सफाइ महाअभियानको ५७८ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५७८ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५७८ औं सप्ताहको कार्यक्रम मिति २०८१/०२/२६ गते शनिबारका दिन बिहान २ घण्टा बालाजु चक्रपथ बाट नयाँ बजारतर्फ जाने पुलसगै भ्याली कोल्ड स्टोर अगाडीको विष्णुमती नदी आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ सम्पन्न भएको छ ।

सफाइ कार्यक्रममा संकलित करिब ९ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू, कर्मचारीहरु ३९ जना तथा ६ वटा संघ-संस्थासहित अभियनता १२२ गरी करिव १६१ जनाको सहभागीता रहेको थियो ।