NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ५७३ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५७३ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५७३ औं सप्ताहको कार्यक्रम मिति २०८१/०१/२२ गते शनिबारका दिन बिहान २ घण्टा एभरेष्ट पेट्रोल पम्प र सर्वेश्वर मन्दिर जाने गेट नयाबस्ती आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सफाइ कार्यक्रममा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका गो.न.पा. का मेयरज्यू, स्थानीय जनप्रतिनिधज्यूहरु, आयोजना प्रमुखज्यू, कर्मचारीहरु तथा अभियनता १७ जना गरी करिव ५५ जनाको सहभागीता रहेको थियो ।