NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ५७१ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५७१ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ५७१ औं सप्ताहको कार्यक्रम मिति २०८१/०१/०८ गते शनिबारका दिन बिहान ७ बजे देखि २ घण्टा गोठाटार पहेंलो पुल नजिक, कपुर पार्क आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ गरी सम्पन्न भएको छ ।

सरसफाईको क्रममा गोठाटार पुल नजिक बागमती नदीमा सेप्टीक ट्याङ्कको फोहर मिसाउने ट्याङकरहरु अभियन्ताज्यूहरू तथा स्थानीय समुदायको सहभागितामा कार्यालयमा ल्याइ सो ट्याङकरहरुको चाभी प्रहरी लाइ जिम्मा लगाइ, गठन आदेशको प्रावधान बमोजिम प्रचलित कानून अनुसार कारवाहीका लागि सम्बन्धित निकायलाई लेखि पठाइएको ।

सफाइ कार्यक्रममा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका को सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू, कर्मचारीहरु तथा अभियनता गरी करिव ५५ जनाको सहभागीता रहेको थियो ।