NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ५६७ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५६७ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५६७ औं सप्ताहको कार्यक्रम मिति २०८०/१२/१० गते शनिबारका दिन बिहान २ घण्टा दिव्या पार्टी प्यालेस नया पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । 

सर-सफाइ कार्यक्रममा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू, कर्मचारीहरु अभियन्ता ७ जना गरी करिव ४३ जनाको सहभागीता रहेको थियो ।

 

आगामी साता ५६८ औं सप्ताहको कार्यक्रम कार्यालयको पछाडी फलामे पुल, ड्राइभिङ सेन्टर नजिक हुने व्यहोरा सबैमा जानकारी गराइन्छ ।