मिति २०७८ चैत्र २८ गते समितिको कार्यालय परिसरमा औपचारिक कार्यक्रम गरी अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको २८ औं वार्षिक उत्सव २०७८ सम्पन्न भएको छ । शहरी विकास मन्त्री मा. रामकुमारी झांक्रीज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर न.पा. र किर्तिपुर नगरपालिकाका प्रमुखज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, कार्यकारी समितिका पदाधिकारीज्यूहरु, शहरी विकास मन्त्रालयका सह-सचिवज्यू, अभियन्ताज्यूहरु पूर्व आयोजना प्रमुखज्यूहरु, पत्रकार लगायत आमन्त्रित अतिथिज्यूहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथि माननिय मन्त्रीज्यूबाट दिप प्रज्वलनको साथै बेलुन र परेवा उडाएर उद्घाटन गरिएको कार्यक्रममा आयोजना प्रमुख श्री नवराज प्याकुरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अभियन्ता श्री लिलामणि पौडेलज्यू, डा. माला खरेलज्यू, गोकर्णेश्वर न.पा.का प्रमुखज्यू, पूर्व अध्यक्ष श्री नरेन्द्र राज बस्नेतज्यू, भुवन भट्टज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कविता, फुटसल, चेश, व्याडमिनटन, म्युजिकल चियर, बेलुन फुटाइ, दौड प्रतियोगीतामा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने वाग्मती र वाग्मतीका सहायक नदीमा सञ्चालित सरसफाइ अभियानका अभियन्ताज्यूहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै नदी र ढलमा खट्ने कर्मचारीहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा हास्य कलाकार श्री राजा राजेन्द्रले वाग्मती सम्बन्धीत विषयमा प्रस्तुती गर्नु भएको थियो । कार्यकारी समितिका अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन
तारा फूयालले गर्नु भएको थियो ।