वागमती सफाइ महाअभियानको ५२२ औं सप्ताहको कार्यक्रम मिति २०८०/०१/३० गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै सिनामंगल भत्केको पुल भन्दा तल फलामे झोलुङ्गे पुलमा आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव ३ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अध्यक्षज्यू , अभियन्ता, कर्मचारीहरु, अभियन्ताहरू, लगायत ४ वटा संघ संस्थाबाट गरी करिव १३० जनाको सहभागीता रहेको थियो ।