बाग्मती सफाई महाअभियानको ४९७औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४९७ औं सप्ताहको कार्यक्रम मिति २०७९/०८/ ०३ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै पशुपति राम मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , आयोजना प्रमुखज्यू, कर्मचारीहरु, अभियन्ताहरू, २ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव १३० जनाको सहभागीता रहेको थियो।
ne_NPNepali
ne_NPNepali en_USEnglish