वागमती सफाइ महाअभियानको ५२० औं सप्ताहको कार्यक्रम मिति २०८०/०१/१६ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै तिनकुने भिएस निकेतन नजिकको पुल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव ६ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा यस समितिका आयोजना प्रमुख श्री रवीन्द्र बोहराज्यू, अभियन्ता, कर्मचारीहरु, अभियन्ताहरू, लगायत ९ वटा संघ संस्थाबाट गरी करिव १५० जनाको सहभागीता रहेको थियो ।