वाग्मती सफाइ महाअभियानको ४८५ औं सप्ताहको कार्यक्रम मिति २०७९/०५/११ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै तिन कुने तरकारी बजार पुल नजिक आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव १.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।