वाग्मती सफाइ महाअभियानको ४८४ औं सप्ताहको कार्यक्रम मिति २०७९/०५/०४ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै कुपोण्डोल थापाथली पुल नजिक आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।नेपाल नदी संरक्षण संस्थाको अगुवाईमा वाग्मती सफाइ महाअभियानको ४८४ औं सप्ताहको अवसरमा आयोजित Bagmati River Festival 2022 (र्याफटिङ्ग) कार्यक्रमा शहरी विकास मन्त्रालयका मा. मन्त्री मेटमणि चौधरीज्यू, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहज्यू, अधिकार सम्पन्न वाग्मती समितिका कार्यकारी समितिका अध्यक्ष उद्धव प्रसाद तिमिल्सेनाज्यू, यस समितिका आयोजना प्रमुख श्री दिलिप भण्डारीज्यू, सूचना अधिकारी श्री कमल अर्यालज्यू, का.म.न.पा. वडा नं. ११ अध्यक्ष हिरालाल तण्डुकार, जनप्रतिनिधिज्यूहरु, अभियन्ताहरू, पत्राकार महानुभावहरु, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा ९ वटा विभिन्न संघ संस्थाहरुबाट गरी करिव २५० जनाको सहभागीता रहेको थियो ।