वाग्मती सफाइ महाअभियानको ४८३ औं सप्ताहको कार्यक्रम मिति २०७९/०४/२८ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै तिन कुने तरकारी बजार पुल नजिक आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव ४ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, अभियन्ताहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा ६ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव २२० जनाको सहभागीता रहेको थियो । यस समितिका कार्यकारी समिति अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यूद्वारा ५०० लि. को फोहरबाट मल बनाउने बिन सहयोगीनगर क्रियापुत्री भवन, भैरव मन्दिर परिवार गरी ५ संस्थालाई निशुल्क बिन वितरण गर्नु भएको थियो ।