वाग्मती सफाइ महाअभियानको ४८० औं सप्ताहको कार्यक्रम मिति २०७९/०४/०७ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै बानेश्वर क्याम्पस आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव ३ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, आयोजना प्रमुखज्यू, सूचना अधिकारीज्यू, अभियन्ताहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा ४ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव २०० जनाको सहभागीता रहेको थियो ।
सो अवसरमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्यसमितिद्वारा शहिद मनोज-भुपेन्द्र-सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा वाग्मती नदी किनारामा करिब २०० वटा विरुवा रोपण कार्यक्रम नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री मा. श्री ईश्वर पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो ।