बाग्मती सफाई महाअभियानको ४४५ ‌औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४४५ औं सप्ताहको कार्यक्रम मिति २०७८/०८/४ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै सिनामंगल भत्केको पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सफाइ कार्यक्रममा संकलित करिव १० मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन बाट उठाई ब्यवस्थापन गरिएको छ । सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, अभियन्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु र विभिन्न संघ संस्था बाट करिव ३०० जनाको सहभागीता रहेको थियो ।

 

ne_NPNepali
ne_NPNepali en_USEnglish